सुर्खेत – जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख ( डिएफओ ) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार मध्यान्ह १२ बजे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले लामा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेको पुष्टि गरेको छ । ुलामालाई घुससहित पक्राउ गरिएको छु, अख्तियारका प्रवक्ता कोइरालाले भने, लामा एकजना पक्राउ परेका छन्। यसबारे विस्तृत विवरण आइसकेको छैन।
Post a Comment
0Comments
