काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा विप्लव आ*तंक आक्रमक रुपमा फैलदै गइरहेको छ । यो बीचमा कैलालीका अधिकांस वडा कार्यालयमा तालाबन्दी गरिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीका अधिकासं वडा कार्यालयमा तालाबन्दी गरेको हो । धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूहका एक स्थानीय नेताले बताए । तालाबन्दी गर्दै वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोको पर्चा समेत राखिएको छ । वर्तमान सरकारले राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार बनाउने निर्णय गएको र त्यस्का विरुद्ध पार्टीले सुरु गरेको अभियान अन्तरगत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ । आफ्नो पार्टीलाई वर्तमान सरकारले लगाएको प्रतिवन्धका विरुद्ध पनि चरणवद्ध आन्दोलन जारी रहेको पर्चामा लेखिएको छ । यसअघि गयराती कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधीलाई विप्लव समूहका कार्यकर्ताले थुनेका पनि थिए । गएराती साढे आठ बजेको समयमा कार्यालयमै काम गरिरहेको अवस्थामा भेटिएका दुई जना कर्मचारी र जनप्रतिनिधीलाई विप्लव समूहले बाहिरबाट ताला लगाएर थुनेको जनाइएको छ ।
