काठमाडौं । अहिले विश्वमा विवाह नगरेर पनि बच्चा जन्माउने गरेका घटनाहरु बाहिर आइरहेका छन् । यो बीचमा एक चर्चित नायिकाले विवाह नै नगरी छोरी जन्माएको विषयले अहिले चर्चा पाइरहेको छ । अविवाहित नायिकाले आफूसँग तीन वर्षकी छोरी रहेको बताएपछि धेरैलाई अचम्म लागेको छ । ती नायिकाको नाम माही गिल हो ।
आफू अविवाहित रहेरै छोरीलाई जन्म दिएको र अब भने विवाह गर्ने सोच बनाएको उनले बताएकी छन् । नवभारत टाइम्समा हालै प्रकाशित उनको अन्तर्वार्तामा बच्चा आफ्ना प्रेमीको भएको र उनी व्यापारका सिलसिलामा गोवामा रहने गरेको बताएकी छन् । प्रेमी गोवामा भएकैले आफू बारम्बार गोवा आउजाउ गर्ने गरेको उनले स्पष्ट गरिन् ।
छोरी र प्रेमीप्रति आफूले गर्व गर्ने बताइन् । एक प्रश्नको जवाफमा उनले भनेकी छन्, ‘मेरी छोरी आगामी अगष्टमा तीन वर्षकी हुँदैछिन् । यसबारे मलाई कसैले सोधेन र बताइन् । अहिले सोधियो बताएँ ।’ विवाह नगरी सन्तान जन्माउनु सामान्य भएको उनको भनाइ छ । ‘विवाह नगरीकन सन्तान जन्माउनु स्वाभाविक हो’, उनले भनेकी छन्, ‘मलाई यसमा कुनै समस्या लागिरहेको छैन । यो हरेक मानिसको निजी जीवन हुन्छ । यो पनि मेरो निजी जीवनको सवाल हो । माही गिलका केही हेर्न लायक तस्वीरहरु हेर्नुहोस् । एजेन्सी










